एम्बाप्पेलाई रातो कार्ड, नेयमारको गोल खेर, फ्रेन्च कपमा रेनेसको कब्जा

खेलकुद

Yugnepal     926 पटक पढिएको    

एम्बाप्पेलाई रातो कार्ड, नेयमारको गोल खेर, फ्रेन्च कपमा रेनेसको कब्जा

एम्बाप्पेलाई रातो कार्ड, नेयमारको गोल खेर, फ्रेन्च कपमा रेनेसको कब्जा 

काठमाडौं । फ्रेन्च कप फुटबलको उपाधि रेनेसले जितेको छ । स्टार खेलाडीहरुले भरिएको पेरिस सेन्ट जर्मेन पीएसजीलाई स्तब्ध पार्दै रेनेसले उपाधि उचालेको हो । शनिबार राति घरेलु मैदानमा भएको खेलमा रेनसले उपाधि जितेको हो । 


लगातार चार पटक उपाधि जितेको पीएसजीलाई स्तब्ध पार्दै उपाधि उचाल्ने क्रममा रेनेस पेनाल्टी सुटआउटमा ६–५ गोलले विजयी भएको हो । 


विश्वकपका युवा फ्रेन्च स्टार केलियन एम्बाप्पेले रातो कार्ड खाएको खेल निर्धारित तथा अतिरिक्त समयमा २–२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा निर्णायक बनेको थियो । 


२–० ले अग्रता लिएर पनि पीएसजीले हार बेहोरेको हो । १३ मिनेटमै डानी एल्भेस र २१ औं मिनेटमा नेयमारले गोल गरेका थिए । 

फाइनल खेलमा गत जनवरीदेखि मैदान बाहिर रहँदै आएका नेयमार पहिलो रोजाइमा मैदानमा छिरेका थिए । 


४० औं मिनेटमा प्रिन्सेल किम्पेम्बेले आत्मघाती गोल गरेपछि रेनेसले अन्तर २–१ को बनायो । ६६ औं मिनेटमा सिटोईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

९० मिनेटसम्म २–२ को बराबरी भयो भने अतिरिक्त समयमा गोल भएन । तर ११८ औं मिनेटमा एम्बाप्पेले रातो कार्ड खाए । उनले खराब ट्याकल गरेका थिए । 


फ्रेन्च लिगको उपाधि भने पीएसजीले पाँच खेल अघि नै जितेको छ । 



आइतबार १५, बैशाख २०७६ ०८:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal