कांग्रेस बलियो हुनु भनेको लोकतन्त्र बलियो हुनु हो : नेता शाह

युग संवाददाता     276 पटक पढिएको    

कांग्रेस बलियो हुनु भनेको लोकतन्त्र बलियो हुनु हो : नेता शाह

काठमाडौं / नेपाली कांग्रेसका युवा नेता कमलबहादुर शाहले लोकतन्त्रको संस्थागत विकासका लागि नेपाली कांग्रेस बलियो हुनु पर्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यसअघिको दुई तिहाइ सरकार नेपाली जनताका न्यूनतम आवश्यकताभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेको आरोप लगाए। लोकतन्त्रको रक्षाको लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था सिर्जना भएको शाहको भनाइ छ। निर्वाचन लोकतन्त्रको सुन्दरपक्ष भएकोले निर्वाचनबाट आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउने नेपाली जनताको अधिकारलाई कांग्रेसले सुनिश्चित गरेको नेता शाहले बताए।

सरकारमा रहेका गठबन्धन दलका नेताहरूले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मिलेर जाने निर्णय गरेकोले गठबन्धनबाट जुनसुकैले उम्मेदवार भएर आएमा एक चित्त भएर निर्वाचित गराउनु नेता शाहको भनाई छ। अहिले कसले टिकट पाउने भन्ने विषय नभएर कांग्रेसलाई कसरी बलियो बनाउने भन्ने विषयमा महत्त्वपूर्ण रहेको उनको भनाई छ।

नेपाल तरुण दलको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका नेता शाह २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए।



आइतबार २२, साउन २०७९ ०९:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal