थपिएन कोरोनाकालका स्वास्थ्यकर्मीको म्याद

युग संवाददाता     365 पटक पढिएको    

थपिएन कोरोनाकालका स्वास्थ्यकर्मीको म्याद

काठमाडौँ / कोरोनाको चौथो लहरको पूर्व रूपको सङ्केत गर्दै सङ्क्रमण दर दैनिक बढ्दैछ । मङ्गलबार मात्र ८१४ जनामा कोरोना सङ्क्रमण थपिएको छ । साउन लागेयता १६ जनाको मृत्यु भइसकेको छ । सक्रिय सङ्क्रमित पाँच हजार नाघेका छन् ।

अवस्था यस्तो रहँदै गर्दा यसअघि कोरोनाकालमा करारमा राखिएका स्वास्थ्यकर्मीको म्याद भने थपिएको छैन । तलब खुवाउन समस्या भएको भन्दै सरकारले गत असार ३१ गते निर्णय गरी यही साउन १ देखि नै त्यस्ता स्वास्थ्यकर्मीको म्याद नथपेको हो । त्यसको असर मुख्य अस्पतालमै आईसीयू र भेन्टिलेटर सञ्चालनमा समस्या उत्पन्न भएको छ । वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति बाल अस्पतालमा यस्तो समस्या देखिएको छ । 

करारमा रहेका जनशक्तिले नै धानिरहेको वीर अस्पतालमा जनशक्ति कम हुँदा आईसीयूरभेन्टिलेटर सञ्चालनमा समस्या परेको वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले बताए। उनले करारमा राखिएका स्टाफ नर्स हटाउने हो भने आईसीयू मात्र नभई अस्पतालका अन्य स्वास्थ्य सेवा पनि बन्द हुने बताए । 

वीर अस्पतालमा नर्ससहित, फर्मासिस्ट, पारामेडिक्स तथा प्रशासनसमेत करार सेवामा राखिएका स्वास्थ्यकर्मीले धानेको अवस्था छ ।  हामीलाई तत्काल तीन सय नर्सको आवश्यकता छ, निर्देशक डा. बस्नेतले भने, “तीन सय नर्स लोकसेवाबाट नआएसम्म करारमा भएको जनशक्ति हटाउन सक्ने अवस्था छैन ।” 



बुधबार १८, साउन २०७९ ०९:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal