सर्वाधिक ८ पटकको विजेता जर्मनीलाई २-१ गोलको नतिजामा पराजित गर्दै घरेलु टिम इंग्ल्यान्डले महिला यूरो च्याम्पियनसिप २०२२ को उपाधि उचालेको छ ।
वेम्ब्लीमा आइतबार राती सम्पन्न फाइनल खेलमा इंग्ल्यान्डलाई जित दिलाउन एला टोन र चोइ केल्लीले गोल गरे ।जर्मनीका लागि लिना मागुलले एक मात्र गोल गरेकी थिइन् ।
निरधारित समयको ६२औं मिनेटमा टोनीको गोलमा इंग्ल्यान्डले अग्रता लिएको थियो ।जर्मनीकि मागुलले ७९मिनेटमा बराबरी गोल फर्काइन् । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयको २०औं मिनेटमा केल्लीले गरेको गोल इंग्ल्यान्डको जितका लागि पर्याप्त बन्यो ।जर्मनीलाई हराएर फाइनल जितेसँगै इंग्ल्यान्डले इतिहास रचेको छ ।
यो उपाधि इङलिस फुटबलको इतिहासमा सन् १९६६ पछिको पहिलो मूख्य उपाधि हो । यस्तै, इंग्ल्यान्ड महिला टिमको पहिलो मुख्य उपाधि हो । सन् १९६६ मा पुरुष टिमले विश्वकप जिते यता इंग्ल्यान्डले कुनै मुख्य पनि उपाधि जितेको थिएन ।
प्रतिकृया दिनुहोस