क्लियर भिजन नेपालद्वारा धनगढीमा रक्तदान

युग संवाददाता     208 पटक पढिएको    

क्लियर भिजन नेपालद्वारा धनगढीमा रक्तदान

धनगढी / धनगढीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लियर भिजन नेपालको आयोजना तथा खप्तड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट धनगढीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

रक्तदान कार्यक्रमबाट ३० पिन्ट रगत जम्मा भएको र सो रगत नेपाल रेडक्रस सोसाइटी शाखा कैलालीलाई हस्तान्तरण गरेको संस्थापक अध्यक्ष छविराज जोशीले जानकारी दिए ।

अध्यक्ष जोशीले प्रत्येक व्यक्तिले समय समयमा रक्तदान गर्नु स्वास्थ्यका सन्दर्भमा निकै लाभदायी हुने बताए । कार्यक्रममा उपस्थित भई रगत दान गर्नु हुने सम्पूर्ण दाताहरूलाई आफ्नो र संस्थाको तर्फबाट धन्यवाद व्यक्त उनले गरे ।  



आइतबार १५, साउन २०७९ ०६:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.