कप्तान सन्दीपले ‘द सिक्स्टी क्रिकेट’ प्रतियोगिता खेल्ने

युग संवाददाता     694 पटक पढिएको    

कप्तान सन्दीपले ‘द सिक्स्टी क्रिकेट’ प्रतियोगिता खेल्ने

काठमाडौँ / नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। ६० बलको प्रतियोगितामा सन्दीपले जमैका तल्लावासबाट खेल्न पक्का भएको हो। प्रतियोगितामा ३० बलको एक इनिङ हुनेछ। यस्तै, ६ विकेटको मात्र खेल हुनेछ।

प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा ३ टोलीको सहभागिता रहने बताइएको छ।सन्दीप जमैकाको क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा पनि अनुबन्ध छन्। सिपिएल अगस्ट ३० बाट सुरु हुनेछ।



शुक्रबार १३, साउन २०७९ ०९:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal