खोलाले बगाउँदा बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला

युग संवाददाता     209 पटक पढिएको    

खोलाले बगाउँदा बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला

दार्चुला / महाकाली नगरपालिका–२ स्थित कल्चौड्या खोलाले बगाउँदा बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् ।

मंगलबार बिहान घाँस काटी घर फर्कने क्रममा खोला बगाउँदा बेपत्ता भएकी महाकाली नगरपालिका–३ की १४ वर्षीया कविता बडाल बगेको ठाउँबाट करिब एक किलोमिटर तल मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीका अनुसार बालिका बगेको ठाउँबाट स्थानीय, सुरक्षाकर्मी र विद्यार्थीले नदी किनारमा खोज्दा करिब १ किलोमिटर तल महाकाली नगरपालिका–३ बडालीगाउँनजिक मृत अवस्थामा फेला परेकी छिन् ।

बेपत्ता बालिकासँगै रहेकी उनकी काकी अन्दाजी ३३ वर्षीया नन्दा बडाललाई स्थानीय उद्धार गरी अस्पताल पुगाएपछि अहिले समान्य अवस्थामा रहेकी प्रहरीले जनाएको छ । नन्दा अहिले जिल्लामा छिन् । उनको अवस्था सामान्य रहेको शाहीले बताए । 



मङ्गलबार १०, साउन २०७९ ०९:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.