कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन

युग संवाददाता     202 पटक पढिएको    

कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन

कञ्चनपुर / कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा ६ करोड ५५ लाख कम राजस्व संकलन गरेको छ ।

कार्यालयले गत आवमा रु ५२ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य राखेपनि ४६ करोड २२ लाख संकलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि करतर्फ सो अवधिमा १६ करोड ३३ लाख संकलन गर्ने लक्ष्य लिएकामा १८ करोड ६३ लाख संकलन भएको भन्सार कार्यालयका प्रमुख धुर्वराज विश्वकर्माले जानकारी दिए । यस्तै अन्तःशुल्कबापत् एक करोड २७ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ९२ लाख ८५ हजार राजस्व संकलन भएको छ । 

यसैगरी आर्थिक वर्ष २०७७/७८ मा ३५ करोड ६७ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ३७ करोड ३९ लाख संकलन भएको विश्वकर्माले बताए । यस्तै कार्यालयले आव २०७६/७७ मा ४८ करोड ६८ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकामा २६ करोड २८ लाख मात्र संकलन गरेको थियो । कोरोना सङ्क्रमणका लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए ।



मङ्गलबार १०, साउन २०७९ ०९:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.