कालाकुण्डास्थित खाली जग्गामा वृक्षारोपण

युग संवाददाता     217 पटक पढिएको    

कालाकुण्डास्थित खाली जग्गामा वृक्षारोपण

धनगढी / कैलालीको टीकापुर नगरपालिका–७ स्थित प्रस्तावित सामुदायिक वन कालाकुण्डाको खाली जग्गामा सोमबार वृक्षारोपण गरिएको छ । 
टीकापुर नगरपालिका–७ बैदीस्थित स्थानीय विपद् व्यवस्थापन समिति र स्थानीय समुदायले मिलेर वृक्षारोपण गरेका हुन । सामाजिक विकासका लागि अनुसन्धान केन्द्रको विरुवा सहयोगमा वृक्षारोपण गरिएको जनाइएको छ । वनको खाली जग्गामा विभिन्न प्रजातिका विरुवाको वृक्षारोपण गरिएको स्थानीय भोजराज ढुङ्गानाले जानकारी दिए ।

उनका अनुसार सगुनको ७५०, खयरको ३५० विरुवा रोपिएको छ । यसैगरी, बाँस डेढ सय र जामुन डेढ सय रोपिएको छ । 
 



सोमबार ०९, साउन २०७९ ०५:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.