प्रविधियुक्त स्वास्थ्य सेवा प्रवाहका लागि द्विपक्षीय सम्झौता

युग संवाददाता     335 पटक पढिएको    

प्रविधियुक्त स्वास्थ्य सेवा प्रवाहका लागि द्विपक्षीय सम्झौता

धनगढी / प्रविधियुक्त स्वास्थ्य सेवा प्रवाहका लागि गेटा मेडिकल कलेज, अस्पताल कैलाली र कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) बीच द्विपक्षीय सम्झौता भएको छ । 
गेटा मेडिकल कलेज, अस्पतालका निर्देशक सह–प्राध्यापक डा. प्रमोद जोशी र कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्राध्यापक डा. भुपेन्द्रकुमार बस्नेतले आइतबार द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतानुसार दुवै संस्थाले विशेषज्ञ जनशक्ति आदानप्रदान गर्ने छन् । यसैगरी, विशेषज्ञ चिकित्सकीय सेवा प्रवाहको लागि आवश्यक प्राविधिक सहयोग पनि आदानप्रदान गरिनेछ ।  



सोमबार ०९, साउन २०७९ ०१:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.