भारतमा कोरोना संक्रमित बढ्दै

युग संवाददाता     313 पटक पढिएको    

भारतमा कोरोना संक्रमित बढ्दै

काठमाडौँ / भारतमा पछिल्लो २४ घन्टामा २१ हजार ८८० संक्रमित थपिएका छन् । योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोभिडबाट ६० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ ।

पछिल्लो समय पुनः भारतमा कोभिड संक्रमण बढ्न थालेको छ । हाल भारतमा १ लाख ४९ हजार ४८२ जना कोभिडका सक्रिय संक्रमित छन् । 



आइतबार ०८, साउन २०७९ ०८:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.