सुदूरपश्चिममा थपिए नौ जना संक्रमित

युग संवाददाता     192 पटक पढिएको    

सुदूरपश्चिममा थपिए नौ जना संक्रमित

धनगढी / सुदूरपश्चिम प्रदेशमा शुक्रबार नौ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पताल र सीमा नाकामा परीक्षण गर्दा नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६ जनाको पीसीआर परीक्षण गर्दा चार जनामा कोरोना पुष्टि भएको छ । यसैगरी, सीमा नाकामा ३२१ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो समय देशभरि कोरोना संक्रमण बढ्न थालेको छ । 



शुक्रबार ०६, साउन २०७९ ०५:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.