कञ्चनपुरको पुनर्वासमा खुकुरी प्रहारबाट तीनजना घाइते

युग संवाददाता     307 पटक पढिएको    

कञ्चनपुरको पुनर्वासमा खुकुरी प्रहारबाट तीनजना घाइते

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा खुकुरी प्रहारबाट तीनजना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

मोतिबस्तीका टेक बहादुर सार्कीले खुकुरी प्रहार गर्दा पुनर्वास न.पा. २ अमरैयाका ४७ वर्षीय बिरासिंह राना, ३८ बर्षिया मधु महता र ४५ बर्षिया धनसरा रावत घाइते भएका छन् ।

मधु महताको अवस्था गम्भीर रहेको बिएम पोलिक्लिनिकका डाक्टर सागर केसीले बताए । बिरासिंह र धनसराको बिएम पोलिक्लिनिकमा उपचार भइरहेको र गम्भीर रहेकी मधुलाई धनगढी ल्याइएको छ ।  मधु महताको टाउको र छातीमा गहिरो चोट लागेको छ ।

पसलमा बसेको बेला बिना कारण एक्कासी आएर अन्धाधुन्ध खुकुरी प्रहार गरेको घाइते बिरासिंह रानाकी पत्नी हरदसो रानाले बताए । बिरासिंहको टाउकोमा गहिरो चोट लागेको छ । त्यसैगरी धनसरा र मधु घाँस काटेर आउँदै गर्दा उनीहरू माथि आक्रमण भएको स्थानीयहरूले बताएका छन् ।

खुकुरी प्रहार गर्ने टेक बहादुर सार्कीलाई नियन्त्रणमा लिइसकेको र आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइने इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका वरिष्ठ प्रहरी नायब निरीक्षक गोपाल बोहराले जानकारी दिए । खुकुरी हान्ने टेक बहादुर मानसिक रोगी भएको स्थानीय बाट जानकारी पाएको प्रहरीले जनाएको छ । यद्यपि मानसिक रोगी भएको नभएको बारे मेडिकल रिपोर्ट बाट मात्र सत्य तथ्य खुल्ने प्रहरीले जनाएको छ ।



मङ्गलबार ०३, साउन २०७९ ०७:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.