कमैया मुक्ति दिवसको दिन भजनीमा स्थानीय बिदा

युग संवाददाता     309 पटक पढिएको    

कमैया मुक्ति दिवसको दिन भजनीमा स्थानीय बिदा

धनगढी / कैलालीको भजनी नगरपालिकाले कमैया मुक्ति दिवसको अवसर पारेर नगरभरी स्थानीय बिदा दिने निर्णय गरेको छ । 
भजनी नगरपालिकाको कार्यापलिका बैठकले कमैया मुक्ति घोषणा भएको दिन साउन २ गते नगरभरी स्थानीय बिदा दिने निर्णय गरेको हो । तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयालाई मुक्त भएको घोषणा गरेको थियो । त्यसको सम्झनामा मुक्त कमैयाले हरेक वर्ष कमैया मुक्ति दिवस मनाउँदै आएका छन् । 
सोही दिन भजनी नगरपालिका, वडा कार्यालयहरु र सम्पूर्ण शैक्षिक तथा स्वास्थ्य संस्थामा स्थानीय बिदा दिने सूचना प्रकाशित गरी सो नगरपालिकाले जानकारी दिएको छ । 
 



शुक्रबार ३१, असार २०७९ ०४:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.