कञ्चनपुरमा दिउँसै लुटपाट

युग संवाददाता     189 पटक पढिएको    

कञ्चनपुरमा दिउँसै लुटपाट

कञ्चनपुर,३० असार । जिल्लको भीमदत्त नगरपालिका–४ गोबरैयामा भारतीय लुटेराहरुले बुधबार दिउँसै एक घरमा लुटपाट गरेका छन् ।

निङ्लाशैनी मन्दिर नजिक गीताचन्द सिंहको घरमा चार जनाको समूहले दिउँसै रु एक लाखसहित सुनका गहना लुटेको पीडितले प्रहरीलाई जानकारी दिएका छन् । 
 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पीडितकोे उजुरीमा भारतीय नागरिकजस्ता देखिने चार जनाले हातखुट्टा बाँधेर चोरी गरेको उल्लेख गरिएको छ । प्रहरीले घटना बारे अनुसन्धान थालेको छ ।



बिहिबार ३०, असार २०७९ ०५:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.