कैलालीका स्थानीय तहमा ७४ करोड बढी बेरुजु

युग संवाददाता     202 पटक पढिएको    

कैलालीका स्थानीय तहमा ७४ करोड बढी बेरुजु

धनगढी / आर्थिक वर्ष २०७७/७८ मा कैलालीका १३ स्थानीय तहमा ७४ करोड बढी बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको ५९ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा ७४ करोड ५ लाख ६१ हजार बेरुजु रकम देखिएको छ ।

जिल्लाको सबैभन्दा बढी बेरुजु रकम घोडाघोडी नगरपालिकामा देखिएको छ ।  सो नगरपालिकामा १५ करोड ७९ लाख ३६ हजार रुपैंया बेरुजु देखिएको छ । यस्तै जिल्लामा सबैभन्दा कम जोशीपुर गाउँपालिकामा देखिएको छ  । त्यस नगरपालिकामा १ करोड ८६ लाख ७५ हजार रुपैयाँ बेरुजु देखिएको छ।

यस्तै धनगढी उपमहानगरपालिमा १० करोड ५१ लाख ६५ हजार, गोदावरी नगरपालिका ६ करोड ९२ लाख ७४ हजार रकम बेरुजु देखिएको छ । यस्तै टीकापुर नगरपालिकामा ६ करोड ६७ लाख १ हजार, भजनी नगरपालिकामा ५ करोड ७२ लाख ८८ हजार, लम्कीचुहाँ नगरपालिकामा ५ करोड ६३ लाख १८ हजार गौरीगङ्गा नगरपालिकामा ४ करोड १९ लाख १२ हजार रकम बेरुजु देखिएको छ ।

यस्तै मोहन्याल गाउँपालिकामा ४ करोड ८४ लाख १ हजार, चुरे गाउँपालिकामा ३ करोड ५६ लाख ५९ हजार, बर्दगोरीया गाउँपालिकामा २ करोड ५४ लाख ४५ हजार, जानकी गाउँपालिकामा २ करोड ५७ लाख ४ हजार रकम बेरुजु देखिएको छ । यस्तै ३ करोड २० लाख ८३ हजार रकम कैलारी गाउँपालिकाको बेरुजु देखिएको छ ।



बिहिबार ३०, असार २०७९ ०५:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.