सुदूरपश्चिमका चार स्रष्टालाई प्रदेश सरकारको सम्मान

युग संवाददाता     643 पटक पढिएको    

सुदूरपश्चिमका चार स्रष्टालाई प्रदेश सरकारको सम्मान

धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका भाषा, साहित्य, संस्कृति एवं गायन संगीत कला क्षेत्रका स्रष्टालाई गरेको छ। भानु जयन्तीको अवसर पारेर बुधबार प्रदेशको सामाजिक विकास मन्त्रालयले चार जना स्रष्टालाई सम्मान गरेको हो।

सामाजिक विकासमन्त्री गोविन्द बोहरा तथा राज्यमन्त्री टेक बहादुर रैकाले संयुक्त रुपमा स्रष्टालाई नगद ७५ हजार रुपयाँ पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

सम्मानित हुनेमा लोक संस्कृति विधातर्फ डडेल्धुराको अजयमेरु गाउँपालिका ३ का ६४ वर्षीय वासुदेव पाण्डेय, गायन विधातर्फ धनगढी उपमहानगरपालिका–१ कैलालीका ५५ वर्षीय पप्पु कुमार जैरु (पिके नारायण), ललितकला विधातर्फ अजयमेरु गाउँपालिका–२ डडेल्धुराका ६४ वर्षीय तारा चुनारा र साहित्य विधातर्फ धनगढी उपमहानगरपालिका–५ कैलालीका ४५ वर्षीय रामलाल जोशी रहेका छन्।

प्रदेशका स्रष्टालाई थोरै भए पनि यस सम्मानले हौसला थपिने सम्मान कार्यक्रममा सामाजिक विकास मन्त्री गोविन्द बोहोराले बताए।



बिहिबार ३०, असार २०७९ ०८:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal