११ बजे आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभा बैठक दुई घण्टालाई सारियो

युग संवाददाता     212 पटक पढिएको    

११ बजे आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभा बैठक दुई घण्टालाई सारियो

धनगढी / आज बुधबार बिहान ११ बजे आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभा बैठक दुई घण्टालाई पर सारिएको छ ।

सरकारको आग्रहपछि बैठक १ बजे बस्ने गरि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । असार १ गते सरकारले ल्याएको बजेट संशोधन नगरेसम्म सदन सुरू गर्न नदिने प्रतिपक्षी दलको अडान छ ।

आज बिहान बजेट पारित गर्ने विषयमा सरकार र प्रतिपक्षबीच भएको वार्ता निष्कर्षविहीन भएको छ । करिब ३ घण्टाको वार्ता सकारात्मक रहेपनि कुनै सहमतिमा नपुगेको नेताहरूले बताएका छन् ।

प्रतिपक्षी दलले सरकारलाई १४ बुँदे सुझाव पत्र बुझाएको छ । त्यसमा सहमति भए आजै संसद् सुरु हुन सक्ने बताइएको छ । १४ बुँदे सहमतिका बिषयमा केही बेरपछि पुनस् बस्ने गरी बैठक सम्पन्न भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा माओवादी, नेकपा एस र कांग्रेस सरकारमा छन् । त्यस्तै एमाले, जसपा र लोसपा प्रतिपक्षमा छन् ।



बुधबार २९, असार २०७९ १२:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.