ज्योती विकाश बैंकको ११३ औ शाखा अत्तरियामा

युग संवाददाता     225 पटक पढिएको    

ज्योती विकाश बैंकको ११३ औ शाखा अत्तरियामा

धनगढी / कैलालीको अत्तरियामा ज्योती विकाश बैंकको ११३ औ शाखा सञ्चालनमा आएको छ ।  सो शाखाको सोमबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन् । पछिल्लो समय देशमै आर्थिक मन्दी आएको बेला पनि बैंकले आफ्नो शाखा विस्तार गर्न सफल भएको संस्थाका अत्तरिया शाखा प्रमुख सुनिल चन्दले बताए ।

प्रविधियुक्त समयमा सेवाग्राहीहरुलाई आवश्यकता अनुसारका सेवाहरु उपलब्ध गराउने उद्देश्यले बैंकले शाखा सञ्चालनमा ल्याएको उनले बताए । उनले कर्मसियल बैंकहरुले जस्तो व्यापारीक तरिकाले नभई बैंकलाई सेवामुलक तरिकाले सञ्चालन गर्ने लक्ष्य रहेको बताए ।

बैंकले सुदूरपश्चिममा हाल ४ वटा शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकलाई उत्कृष्ट सेवा दिने लक्ष्यका साथ २०६५ सालमा स्थापित बैंकले कैलालीको धनगढी, अत्तरिया, हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा शाखा सञ्चालनमा ल्याएको बैंकका धनगढी शाखा प्रमुख गोबिन्द बोहराले बताए । बैंकको चुक्ता पुजीँ करिब ४ अर्वको हाराहारीमा रहेको बताउदै उनले बैंकले आगामी दिनहरुमा पनि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि शाखा विस्तार गर्ने योजना रहेको बताए ।



मङ्गलबार २८, असार २०७९ १२:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.