डोटीलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

युग संवाददाता     381 पटक पढिएको    

डोटीलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

डोटी / डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले आयोजित एक समारोहकाबीच पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको हो । जिल्लाका १६ देखि २३ महिनासम्मका तीन हजार ८६ बालबालिकाहरुले असार २२ गते भित्र पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा रोग विरुद्ध खोप प्रदान गरिन्छ । यसअघि बालबालिकालाई १२ वटा मात्रै खोप प्रदान गरिँदै आएकोमा हाल टाइफाइडविरुद्धको खोप थप भएको छ । जिल्लाका बालबालिकाहरुले यी सबै खोपहरु पूर्णमात्रामा पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिका अनुसार खोप पाएरनपाएको अनुगमन र घरधुरी सर्वेक्षण गरेपछि जिल्लाका नौवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेर जिल्लालाई नै घोषणा गरिएको जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंहले जानकारी दिए ।



मङ्गलबार २८, असार २०७९ १२:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal