सुदूरपश्चिम प्रदेश सरकारको बजेट विवाद : २८ दिनपछि प्रतिपक्षीसँग छलफल

युग संवाददाता     209 पटक पढिएको    

सुदूरपश्चिम प्रदेश सरकारको बजेट विवाद : २८ दिनपछि प्रतिपक्षीसँग छलफल

धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको २८ दिनपछि प्रमुख प्रतिपक्ष दल एमालेसहित अन्य दललाई छलफलमा सहभागी हुन आह्वान गरेको छ । सोमबार बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्ष दल (एमाले, जसपा र राजपा)ले बहिस्कार गरेपछि प्रदेश सरकारले उनीहरूलाई छलफलका लागि बोलाएको छ ।

सरकारले छलफलका लागि बोलाएपछि सुदूरपश्चिम प्रदेशसभाका तीन प्रतिपक्ष दल ९एमाले, लोसपा, राजपा०ले समान धारणा बनाएर छलफलमा सहभागी हुने जनाएका छन् । सरकारले सोमबार बेलुकादेखि छलफलमा आउन आग्रह गरिरहेको  एमाले संसदीय दलका नेता लीलाधर भट्टले बताए । उनले तीनवटै विपक्षी दलको साझा धारणा बनाएर सरकारसमक्ष पेस हुने बताए ।

प्रदेश सरकारले ल्याएको बजेट नीति र सिद्धान्तविपरित भएको भन्दै प्रतिपक्ष दलहरूले बजेटको सशक्त विरोध गर्दै आएका छन् । प्रतिपक्षसँगै सत्तापक्षका प्रदेशसभा सदस्यले समेत बजेटको समर्थन नगरेपछि सरकार संकटमा परेको छ ।

सत्तारुढ दलहरूले आफ्ना प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गर्दै बजेटमा समर्थन गर्न लगाउने प्रयास गरे पनि सत्तापक्षका प्रदेशसभा सदस्यहरूले भने त्यसलाई टेरेका छैनन् । सोमबार बोलाइएको प्रदेशसभा बैठकमा प्रतिपक्ष तीनवटै दल अनुपस्थित थियो भने सत्तापक्षका अधिकांश प्रदेशसभा सदस्यसमेत सभामा उपस्थित रहेका थिएनन् ।सुदूरपश्चिम प्रदेशसभाको बैठक आज दिउँसो ३ बजेका लागि आह्वान गरिएको छ । त्यसअघि सरकार र प्रतिपक्ष दलबीच असमझदारीका विषयमा छलफल हुँदैछ । 



मङ्गलबार २८, असार २०७९ १२:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.