श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेकाे घरमा आगजनी

युग संवाददाता     316 पटक पढिएको    

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेकाे घरमा आगजनी

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेकाे घरमा प्रदर्शनीकारीले आगाे लगाएका छन्। उनकाे निजी निवासमा गएराति आगाे लगाइएका हाे।

उननकाे निजी निवास काेलम्बाे ७ इलाकामा छ। याे सहरकाे सबैभन्दा हाइप्राेफाइल इलाकामध्ये एक हाे। शुक्रबार साँझसम्म विक्रमसिंघे,  उनकी पत्नी र सन्तान त्यहीँ रहेकाे बताइएकाे छ।राति भने उनको परिवार र कर्मचारी एक सुरक्षित ठाउँमा सारिएको थियाे।

 घर पूरै जलेर खरानी भएकाे छ। प्रदर्शनकारीले घरमा रहेका सवारी साधन पनि जलाइदिएका छन्।प्रहरी  र सैनिक तैनाथ भएपनि उनीहरू भीड राेक्न असफल रहे। शनिबार दिउँसो राष्ट्रपतिकाे घर ताेडफाेड गरिएको थियो।



आइतबार २६, असार २०७९ ०८:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal