कैलारी गाउँपालिकाको बजेट पारित

युग संवाददाता     268 पटक पढिएको    

कैलारी गाउँपालिकाको बजेट पारित

धनगढी /  कैलारी गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाका अध्यक्ष गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा सोमबार बसेको गाउँ सभा बैठकले बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो । 
गाउँ सभाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म आयव्यय अनुमोदन भएको छ । यस्तै, कार्यपालिकाबाट भए गरेका निर्णयहरु अनुमोदन ऐन, नियम निर्देशिका, कार्यविधि निर्मााणको अधिकार, स्वीकृत बजेट तथा कार्यक्रममा संसोधन गर्ने अधिकार कार्यपालिकामा प्रत्यायोजन गरेको छ । 
त्यस्तै राजश्व परामर्श समितिले निर्धारण गरेका करका दर तथा दायरा लागु गर्ने, निर्माण सम्पन्न योजनाको जाँचपास तथा फरफारक, संघीय तथा प्रदेश सरकारमा योजना माग, संघीय तथा प्रदेश सरकार र विकास साझेदारसँग समन्वय, कर्मचारीको तलवी प्रतिवेदन अनुमोदन भएको छ । 
गाउँ सभाले सेवा करारका कर्मचारीको सेवा करार (म्याद), सेवा, सुविधा सम्बन्धि अधिकार कार्यपालिकामा प्रत्यायोजन गर्दै आवश्यक मात्रमा थप्ने प्रस्तावलाई स्वीकृत गरेको छ । सभाले कर्मचारी संगठन व्यवस्थापन सम्बन्धमा, लेखा परिक्षण प्रतिवेदन पनि अनुमोदन गरेको छ । सभालाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीले एघारो गाउँसभा अधिवेशनबाट  अनुमोदन भएका नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा विश्वास व्यक्त गरिन् । 
सभालाई समापन गर्दै सभाका अध्यक्ष राजसमझ चौधरी गाउँपालिका रहेका कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारमा अहिले विशेष जोड दिने बताए । एघारौं गाउँसभा अधिवेशनबाट अनुमोदन भएका नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम असार २६ गते सार्वजनिकीकरण गर्ने बताए । गाउँसभामा गाउँ सभाका सदस्य, प्रमुख प्रशासकीय अधिकृत वीरबहादर ऐर, गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।



सोमबार २०, असार २०७९ ०४:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.