धनगढी उपमहानगरको आठौँ नगर सभाको तेस्रो बैठकमा चर्को विवाद

युग संवाददाता     273 पटक पढिएको    

धनगढी उपमहानगरको आठौँ नगर सभाको तेस्रो बैठकमा चर्को विवाद

धनगढी / धनगढी उपमहानगरपालिकाले रातो किताब एकलौटीरुपमा प्रकाशित गरेको आरोप लागेको छ ।   उपमहानगरको आठौँ नगर सभाको तेस्रो बैठकमा चर्को सो बारे विवाद भएको हो ।

सो क्रममा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाह विना नै बजेट पुस्तिका प्रकाशित गरिएको भन्दै विरोध गरेकी थिइन ।

उपमेयर रानाले गोपाल हमाल र प्रशासकीय अधिकृतले एकलौटीरुपमा कुनै सल्लाह नगरेर बजेट पुस्तिका (रातो किताब)प्रकाशित गरेको बताइन ।

उपमेयर रानाले विरोध गरेपछि एमाले र माओवादी पक्षका जनप्रतिनिधिले कुर्ची उठाएर फालेका थिए । भने काँग्रेस पक्षले भने मेयर गोपाल हमालले ल्याएको बजेट पुस्तिकामा समर्थन गरेको छ । विवाद भएपछि फेसबुकबाट गरिएको प्रत्यक्ष प्रसारण बन्द गरिएको थियो ।



सोमबार २०, असार २०७९ ०४:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.