धनगढीमा रहेको एक औषधि पसल सिल

युग संवाददाता     571 पटक पढिएको    

धनगढी / धनगढीमा रहेको एक औषधि पसल सिल गरिएको छ ।बिना दर्ता सञ्चालनमा रहेको पाइएपछि औषधि व्यवस्था विभाग नेपालगञ्जले शिखर मेडिकल सिलबन्दी गरिएको हो ।

 

विभागका फार्मेसी निरीक्षक दीपेन्द्र कुमार साहका अनुसार विभागले असार ९ देखि १५ गतेसम्म बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका ३५ वटा औषधि पसलहरूको अनुगमन गरेको थियो ।जसमा बर्दियामा रहेको बर्दिया पब्लिक अस्पतालको फार्मेसी पसललाई पनि सिलबन्दी गरिएको छ।

सिलबन्दी गरिएका औषधि पसलले लागू तथा मनोद्दिपक औषधिहरू तालिम प्राप्त व्यवसायी र फर्मासिस्ट बिना बिक्री वितरण गरेको पाइएको थियो । दर्जनभन्दा बढी औषधि पसलहरूलाई कारबाहीका लागि पत्र काटिएको निरीक्षक साहले बताए ।

अनुगमनको क्रममा औषधि पसलहरूमा व्यवसायी र फर्मासिस्ट नभएको,दर्ता नभएको औषधि सञ्चय गरेर राखेको, लागू तथा मनोद्दिपक औषधिहरूको सुरक्षित भण्डारण र रेकर्ड नराखेको, नियमित बिक्री वितरणको बिल दिने नगरेको समेत पाइएको थियो ।अनुगमन हुँदै गरेको थाहा भएपछि केही औषधि पसलले बन्द गरेर समेत भागेको साहले बताए। तर बिना दर्ता पसल सञ्चालन गर्ने र औषधिको गलत व्यवसाय गर्नेलाई कारबाहीको दायरामा ल्याइने उनले बताए।



शुक्रबार १७, असार २०७९ ११:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal