भारतबाट ल्याइएको मल सशस्त्रद्वारा बरामद

युग संवाददाता     224 पटक पढिएको    

भारतबाट ल्याइएको मल सशस्त्रद्वारा बरामद

धनगढी / किसान मलका लागि तड्पिरहेका बेला भन्सार छलेर भारतबाट ल्याइएको मल सशस्त्र प्रहरीले बरामद गरेको छ । बीओपीबाट खटेको सशस्त्र प्रहरीको टोलीले भजनी नगरपालिका–५ पगियापसार दशगजा क्षेत्रबाट बुधबार १०४ बोरा रासायनिक मल बरामद गरेको हो । बरामद मल सत्ती भन्सारलाई बुझाइएको छ । रोपाइँको बेला भइसक्दा किसान मलको खोजीमा दौडधुपमै छन् । मल नहुँदा रोपाइँ गर्न समस्या भइरहेको छ । तर, खेतीपातीका लागि किसानले मल ल्याउनलाई भने कडाइ नगरेको सशस्त्रको दाबी छ । 



बिहिबार ०९, असार २०७९ ०४:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.