विश्वविद्यालयको दीक्षान्त समारोहमा ‘सेरेमनी’ को स्पेलिङ गलत लेखिएपछि...

युग संवाददाता     420 पटक पढिएको    

विश्वविद्यालयको दीक्षान्त समारोहमा ‘सेरेमनी’ को स्पेलिङ गलत लेखिएपछि...

धनगढी /सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सेरेमनीको स्पेलिङ गलत लेखिएको पाइएको छ ।विश्वविद्यालयकै समारोहमा स्पेलिङ गलत लेखिएपछि सामाजिक सञ्जालमा त्यसको विभिन्न टिकाटिप्पणी भइरहेको छ। गत असार ३ गते सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह भएको थियो । 

प्राध्यापकहरुको थलोमै गलत स्पेलिङको प्रयोग भएपछि धेरैले दीक्षान्त समारोहको ब्यानर गम्भीरतापूर्वक नहेरेको भन्दै आचोलना गरेका छन् । सामाजिक सञ्जालमा देवीराम आचार्य लेख्छन्–‘प्राध्यापकहरु बासमात्र बस्छन्, यस्ता ब्यानरको स्पेलिङ चेक गर्दैनन् ।’ कसै–कसैले प्राध्यापकहरुको ध्यान पढाईभन्दा पनि पैसा (मनी) तिर बढी गएको कारण यस्तो भएको हुन सक्ने भन्दै ख्याल ठट्टा गरेका छन् । 

समारोहको स्पेलिङ सी–इ–आर–इ–एम–ओ–एन–वाइ हुनु पर्नेमा सी–इ–आर–इ–एम–ओ–एन–इ–वाइ भएपछि आलोचना भएको हो । सेरेमनीमा पैसा भन्ने ‘मनी’ जोडिएपछि आलोचना भइरहेको छ । एक गलत स्पेलिङका कारण दीक्षान्त समारोह लज्जा भएको कतिपयको भनाइ छ । धेरैले यसलाई लापरवाहीको पराकाष्ठा भनेका छन् ।

बैतडीका वासुदेव पन्तले दीक्षान्त समारोह जस्ता कुरामा यस्तो लापरवाही ? भनेर सुदूरपश्चिम विश्वविद्यालयलाई प्रश्न गरेका छन् । यद्यपि, पछि गलत स्पेलिङलाई ढाकछोप गरेर सच्याइएको थियो ।

सो समारोहमा सुदूरपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो । 



मङ्गलबार ०७, असार २०७९ ०४:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal