पुनर्वासका विद्यालयहरू चार दिनका लागि बन्द

युग संवाददाता     379 पटक पढिएको    

पुनर्वासका विद्यालयहरू चार दिनका लागि बन्द

कञ्चनपुर /  कञ्चनपुरका स्थानीय तहले गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन्। गर्मीका कारण यहाँको पुनर्वास नगरपालिकाले मंगलबारदेखि चार दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

मौसम प्रतिकुल रहेका कारण विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्यको प्रतिकुल असर परिरहेको अवस्थालाई मध्यनजर गर्दै लामो बिदामा मिलान हुने गरी चार दिन बिदा दिने निर्णय गरिएको प्रशासन अधिकृत धौलराम सार्कीद्धारा हस्ताक्षर गरेको जारी सूचनामा उल्लेख गरिएको छ ।

केहिदिन यता तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएपछि विद्यालयहरू धमाधम बन्द हुँदै आएका छन् ।



मङ्गलबार ३१, जेठ २०७९ ०८:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal