कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्षविरुद्ध निर्वाचन आयोगमा उजुरी

युग संवाददाता     261 पटक पढिएको    

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्षविरुद्ध निर्वाचन आयोगमा उजुरी

धनगढी / कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन परेको छ।  दाबी विरोध र उजुरीको समय सकिएपछि निर्वाचनमा सहभागी नगराउन भन्दै शनिबार निवेदन परेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए।

समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीमा निवेदन दिँदै विशेष अदालतको फरार सूचीमा रहेका उपाध्यक्षलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी नगराउन माग गरेका हुन्। नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौंमा विचाराधीन रहेको छ।

आयोगले जेठ २४ गते नै उपाध्यायलाई निलम्बनका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ। जिल्ला समन्वय समिति कैलालीको निर्वाचन भोलि हुँदैछ। भोलि बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। १३ पालिका रहेको कैलालीमा २६ जना मतदाता रहेका छन्।



आइतबार २९, जेठ २०७९ ०३:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.