निर्माण कार्य सम्पन्न भएका योजनाको अनुगमन

युग संवाददाता     189 पटक पढिएको    

निर्माण कार्य सम्पन्न भएका योजनाको अनुगमन

धनगढी / कैलारी गाउँपालिका स्तरीय अनुगमन समितिले गाउँपालिकामा निर्माण कार्य सम्पन्न भएका योजनाहरुको अनुगमन गरेको छ । 
प्रदेश र गाउँपालिकाको बजेटमा निर्माण सम्पन्न भएको योजनाहरुको गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक भगवती कुमारी चौधरीको नेतृत्वमा अनुगमन गरिएको हो । समितिले वडा नम्बर ९ मा सुपरमुन युवा क्लव भवनको अनुगमन गरिएको छ  । यस भवन निर्माणको लागि गत वर्ष छ लाख र यस आर्थिक वर्षमा छ लाख ३० हजार गरी १२ लाख ३० हजार बजेट छुटयाइएको थियो । 
गाउँपालिकाको बजेटमा वडा नम्बर १ रानामुडामा लागत साझेदारी भवन निर्माणको अनुगमन गरिएको छ । यस भवनको काम बजेट अनुसार वालसम्मको काम  सम्पन्न भएको छ । त्यस्तै वडा नम्बर ८ मा अधुरो रामजानकी धर्मशाला भवनको अनुगमन गरिएको छ । जसको लागि नौ लाख ५० हजार बजेट विनियोजन गरिएको थियो । यसको काम बाँकी रहेकोले चाँडै सम्पन्न गर्न सुझाव दिइएको छ । 
त्यसै गरी अनुगमन समितिले कुट्टी टोल झोलुङे पुल नजिकै भौतिक तटबन्ध (१० लाख बजेट) र वडा नम्बर ४ नवलपुर सभाहल भवनको अनुगमन गरेको छ । २० लाख रुपैयाँ बजेटमा निर्माण भएको उक्त भवनमा ढोकाको पल्ला हाल्न बाँकी रहेको छ । प्रदेश पूर्वाधारको १० लाख तीन हजार बजेट अन्र्तगत वडा नम्बर ८ लौसा गाउँमा सम्पन्न सडक ग्राभेल र  १५ लाख बजेटमा दुधिया गाँउमा सडक स्तरोन्नतिको अनुगमन गरिएको छ । यहाँ माटोको डेनसिटी नापेर ग्राभेलिङको काम भईरहेको र यसलाई चाँडै सम्पन्न गर्नुपर्ने समितिले सुझाव दिएको छ ।  
प्रदेश पूर्वाधार बजेट अन्र्तगत १९ लाख ४५ हजारमा बजेटमा वडा नम्बर ९ उत्तर टोलमा रहेको शिवशक्ति आधारभूत विद्यालयको पक्की पर्खाल र गेट निर्माण भइरहेको छ । पाँच मिटर पर्खाल गेट निर्माणको काम बाँकी रहेको जनाइएको छ । यसलाई पनि समितिले चाँडै काम सम्पन्न गर्न सुझाव दिइएको अनुगमन समितिका सदस्य सचिव तथा योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले बताए ।
देवीगंज–समारचौरा हुदै सिमरना सम्म सडका स्तरोन्नतीको काम सम्पन्न भएको छ । सो कार्यको लागि ३३ लाख बजेट रहेकामा ३० लाख तराई मधेशको बजेट र तीन लाख गाँउपालिकाको बजेट रहेको थियो । घुरहा नदीको दक्षिण भगतपुरमा शेरबहादुर परियारको घरसम्म डयाम निर्माण वडाको बजेट र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेट गरी १० लाख ८८ हजार ७४१ रुपैयाँ  लागतमा सो योजनाको काम सम्पन्न भएको छ । 
अनुगमन टोलीमा पूर्वाधार विकास समिति संयोजक प्रेमबहादुर चौधरी, अनुगमन समितिका सदस्य सचिव तथा योजना शाखा प्रमुख सन्तोष कुमार चौधरी, अनुगमन समिति सदस्य सुनिला चौधरी, सव इन्जिनीयर सुनिल चौधरी, सवओभरसियर निर्मल चौधरी लगायतको सहभागिता रहेको थियो ।         



आइतबार २९, जेठ २०७९ १२:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.