कैलाली उद्योग वाणिज्य संघ निर्वाचन : ६०० मतगणनामा कसको मत कति ?

युग संवाददाता     448 पटक पढिएको    

कैलाली उद्योग वाणिज्य संघ निर्वाचन : ६०० मतगणनामा कसको मत कति ?

धनगढी / कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ६०० मत गन्दा अध्यक्ष पदमा पुष्पराज कुँवर अगाडि छन्।

उनले ६०० मतमा ३६२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी सुरेन्द्र राठीले २०२  मतका साथ उनलाई पछ्याइ रहेका छन्।  वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ३३१४ मत ल्याउँदा उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले २३१ मत ल्याएका छन्।

उद्योग उपाध्यक्षमा दिनेश लम्साल ३२८ मत ल्याएका छन भने, उनका प्रतिस्पर्धी घनश्याम चौधरी २०५ , एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल २८८, प्रकाशचन्द्र भट्ट २३७, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त २८९, केशवदत्त पाण्डेय २२८, महासचिवमा ओमबहादुर विष्ट २७४, सिद्धराज पनेरु २६६, कोषाध्यक्षमा भीमराज ओझा अब्बु ३७६, रंजनकुमार शर्मा १६१, र सचिवमा सुरेश पाण्डेय २१२, महेन्द्रकुमार सिंह १८३ र जयराज न्यौपानेले १२१, मत प्राप्त गरेका छन्। संघको चुनावमा १ हजार ९५ मत खसेको थियो। 



आइतबार २९, जेठ २०७९ ०८:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.