कैलाली उद्योग वाणिज्य संघ निर्वाचन : अध्यक्षमा कुँवर अगाडि

युग संवाददाता     202 पटक पढिएको    

कैलाली उद्योग वाणिज्य संघ निर्वाचन : अध्यक्षमा कुँवर अगाडि

धनगढी / कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ५०० मत गन्दा अध्यक्ष पदमा पुष्पराज कुँवर अगाडि छन्।

उनले ५०० मतमा ३०७ मत पाएका छन् भने उनका प्रतिस्पर्धी सुरेन्द्र राठीले १६१ मतका साथ उनलाई पछ्याइ रहेका छन्।  वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले २७४ मत ल्याउँदा उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले १९६ मत ल्याएका छन्।
 
उद्योग उपाध्यक्षमा दिनेश लम्साल २७३ मत ल्याएका छन भने, उनका प्रतिस्पर्धी घनश्याम चौधरी १७१ , एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल २३९, प्रकाशचन्द्र भट्ट १९९, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त २४१, केशवदत्त पाण्डेय १८७, महासचिवमा ओमबहादुर विष्ट २३५, सिद्धराज पनेरु २१४, कोषाध्यक्षमा भीमराज ओझा अब्बु ३१९, रंजनकुमार शर्मा १२६, र सचिवमा सुरेश पाण्डेय १७८६, महेन्द्रकुमार सिंह १४५ र जयराज न्यौपानेले १०२, मत प्राप्त गरेका छन्। संघको चुनावमा १ हजार ९५ मत खसेको थियो।



आइतबार २९, जेठ २०७९ ०७:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.