खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगितामा शाही प्रथम

युग संवाददाता     577 पटक पढिएको    

खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगितामा शाही प्रथम

डोटी / ‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’ प्रतियोगितामा प्रथम उपाधि भवानी बक्स गण अछामका अमलदार सुशील कुमार शाही जित्न सफल भएका छन्।

डोटी उद्योग वाणिज्य संघ, नम्बर ५ बाहिनी अड्डा राजपुर, भैरव प्रसाद गण, सिलगढीको सयुक्त आयोजनामा शनिबार सम्पन्न म्याराथनमा ४० जना प्रतिष्पर्धीलाई पछि पार्दै शाही प्रथम भएका हुन्।

पर्यटकीय क्षेत्र खप्तडको त्रिबेणी धामबाट डोटीको शैलेश्वरी मन्दिरसम्म ३२ किलोमिटर लामो म्याराथनको आयोजना गरिएको थियो। शाहीले २ घण्टा १८ मिनेट ३१ सेकेण्डमा निर्धारित दुरी पार गरी प्रथम भएका हुन्। शाही यसअघि पनि विभिन्न हाप म्याराथन प्रतियोगितामा भाग लिंदै आएका थिए।

म्याराथनमा रण वम गण डडेल्धुराका सिपाही नरेश सिंह बोहरा २ घण्टा ३० मिनेट ५७ सेकेन्ड पार गर्दै द्वितीय भएका थिए भने रण वम गण डडेल्धुराकै सिपाही राम सिंह पाल २ घण्टा ३२ मिनेट ४३ सेकेन्ड पार गर्दै तृतिय भएका छन्।

म्याराथनमा मेल्लेक गाउँपालिका–५ अछामका सिभिल सागर धामीले २ घण्टा ३५ मिनेट ४० सेकेन्डमा पार गर्दै चौथो भएका छन्। त्यसैगरी त्रिवेणि नगरपालिका बाजुरा घर भएका सागर सार्कीले २ घण्टा ४४ मिनेट ५ सेकेन्ड पार गर्दै पाँचौ भएका छन्।

त्यस्तै भवानी बक्स गण अछामका सिपाही मोती बिक छैटौं, गुरु गोरख गुल्म दार्चुलाका सिपाही दिपेन्द्र महत सातौ, सिंह सार्दुल गुल्म खप्तडका लोकबहादुर बुढा र धन सिंह दोवाल आठौ र नौ स्थान हासिल गरेका थिए भने दसौं स्थानमा कैलालीका उमेश मगर भएका थिए।

खप्तड–शैलेश्वरी म्याराथनमा ४० जना धावकहरु सहभागि भएको भैरव प्रसाद गण सिलगढीका प्रमुख सेनानि जनमत कार्कीले बताए। जसमा २० जना पश्चिम कमाण्डमा कार्यरत नेपाली सेनाका धावकहरु थिए भने २० जना सिभिल सोसाइटीबाट धावकहरु रहेका थिए। सिभिल धावकहरु सुदूरपश्चिमका नौवटै जिल्लाबाट २र२ जना गरी १८ जना र मध्यवर्ती क्षेत्र विकास समितिबाट २ जना गरी २० जना रहेका थिए।

म्याराथनमा प्रथम हुनेले एक लाख नगद, मेडल र प्रमाणपत्र, द्वितीय हुनेले ७५ हजार नगरद, मेडल र प्रमाणपत्र तथा तृतिय हुने धावकले ५० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। त्यस्तै ५ जनालाई १० हजारका दरले सान्वना पुरस्कार तथा प्रमाणपत्र दिइएको छ भने म्याराथन दौड पुरा गर्ने अन्य ३२ जनालाई प्रोत्साहनस्वरुप ३ हजारका दरले रकम तथा प्रमाणपत्र उपलब्ध गराइएको थियो। 



शनिबार २८, जेठ २०७९ ०९:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal