कैलाली उद्योग वाणिज्य संघको मतदान सम्पन्न, १ हजार ९५ मत खस्यो

युग संवाददाता     345 पटक पढिएको    

कैलाली उद्योग वाणिज्य संघको मतदान सम्पन्न, १ हजार ९५ मत खस्यो

धनगढी / कैलाली उद्योग वाणिज्य संघको मतदान सम्पन्न भएको छ । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतदान साँझ सम्पन्न भएको हो ।

नयाँ कार्यसमितिका लागि भएको चुनाबमा मतदानमा  १ हजार ९५ जनाले मतदान गरेका छन्। मत गणना आज वा भोली बिहान हुने बारे भने निर्णय भइनसकेको जनाएको छ ।  निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा छन् ।

वर्तमान अध्यक्ष पुष्पराज कुँवरको नेतृत्व र व्यवसायी सुरेन्द्र राठीको नेतृत्वमा दुई छुट्टाछुट्टै प्यानल बनाएर आज चुनावी मैदानमा होमिएका थिए ।कुँवरको प्यानलमा अधिकांश पुरानै अनुहार दोहरिएका छन् भने राठीको प्यानलबाट धेरै नयाँ अनुहारहरू चुनावी मैदानमा होमिएका थिए । 



शनिबार २८, जेठ २०७९ ०९:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.