कैलालीमा हल्का वर्षा भएपछि थोरै राहत

युग संवाददाता     266 पटक पढिएको    

कैलालीमा हल्का वर्षा भएपछि थोरै राहत

धनगढी / कैलालीमा शनिबार अपराह्न हावाहुरीसहित हल्का वर्षा भएपछि थोरै राहत भएको छ । थोरै भएको वर्षाले अलि–अलि शितल भएपछि अत्यधिक गर्मी खेपिरहेका कैलालीवासीलाई थोरै राहत महसुस भएको हो ।

लामो समयसम्म पानी नपरेका कारण कैलालीसहित तराईको जनजीवन गर्मीले प्रभावित भएको छ । अत्यधिक गर्मी भएपछि विद्यालयमा पठनपाठनसमेत प्रभावित भइरहेको छ । कैयौं विद्यालय केहि दिनका लागि बन्द भइसकेका छन् ।

तर, शनिबारको वर्षा र त्यसपछि चलेको हावाले भने केहि राहत महसुस भएको छ । स्थानीय वायु र पूर्व–पश्चिमी न्यून चापिय रेखाको प्रभावले हावाहुरीसहित बादलको विकास भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी खिएको छ । कैलालीमा भएको वर्षा मनसुनी नरहेको र सुदूरपश्चिममा मनसुन पुग्न अझै केही दिन लाग्ने विज्ञहरुको भनाइ छ । 
 



शनिबार २८, जेठ २०७९ ०९:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.