अछाममा किशोरको हत्या आरोपमा मेयरसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

युग संवाददाता     267 पटक पढिएको    

अछाममा किशोरको हत्या आरोपमा मेयरसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

अछाम / पञ्चदेवल विनायक नगरपालिका -४ का १५ वर्षीय मृतक बालक विनोद शाहीको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् ।  शव भेटिएको ६ दिनपछि उनको पोस्टमार्टम भएको हो । राजनैतिक विवादका कारण कांग्रेस कार्यकर्ताले विनोदको हत्या गरेको आरोप नेकपा एमालेले लगाउँदै आएको छ । पीडित पक्षले १३ जनाको नाममा किटानी गरेको जाहेरी प्रहरीले दर्ता गरेपछि पोस्टमार्टम गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार नवनिर्वाचित जनप्रतिनिधिलगायतको नाममा किटानी जाहेरी दर्ता भएको छ । बुधबार दुई जनालाई अनुसन्धानका लागि छानबिनमा तानिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए । यसअघि पनि प्रहरीले ४ जना र बुधबार २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले घटनास्थलमै बसेर अनुसन्धान गरिरहेको छ ।

घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोलीसमेत खटिएको छ । मृतक शाहीको अन्त्येष्टि आजै गरिने आफन्तले बताएका छन् । विनोदको शव घरनजिकैको जंगलमा भेटिएको थियो । मृतकको परिवार र स्थानीय बासिन्दाले शाहीको हत्या भएको भन्दै किटानी जाहेरी दिन लागेको थिए । तर प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै उनीहरुले शव उठाउन दिएका थिएनन् ।



बिहिबार २६, जेठ २०७९ ०६:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.