कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध

युग संवाददाता     257 पटक पढिएको    

कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध

कञ्चनपुर /  जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन् ।  जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो । 

 जिसस उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध चयन भएकी छन् ।  जिसस सदस्यहरुमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लिला चौधरी, चन्द्रावती थापा, विमलाकुमारी सार्की र अन्जुदेवी राना निर्विरोध  निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिससमा अन्य दलले उम्मेदवारी दिएका थिएनन् ।  



बिहिबार २६, जेठ २०७९ ११:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.