जिसस बैतडीमा धामी नेतृत्वको गठनबन्धन विजयी

युग संवाददाता     264 पटक पढिएको    

जिसस बैतडीमा धामी नेतृत्वको गठनबन्धन विजयी

बैतडी /  जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पूरै समूह विजयी भएको छ । नेतृत्वका चयनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र स्वतन्त्रबीच गठबन्धन भएकामा  नेकपा (एमाले) ले भने एक्लै चुनाव लडेका थियो ।

मङ्गलबार सम्पन्न निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार प्रमुखमा धामीले १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले आठ मत प्राप्त गरे । उपप्रमुखमा माओवादीका दमनबहादुर कुँवर विजयी भएका छन् । कुँवरले १० मत प्राप्त गर्दा  प्रतिस्पर्धी एमालेका हेमा भट्ट (कपाडी) ले आठ मत प्राप्त गरे । उपप्रमुखका दुई मत बदर भएको थियो ।

समन्वय समितिका सदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । तीन खुला सदस्यमा नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर विष्ट तथा माओवादीका प्रेमसिंह भाट विजयी भएका छन् । तीन महिला सदस्यमा नेपाली कांग्रेसका दुई  नेपाली तथा माओवादीका एक सदस्य विजयी भए ।  एक जना दलित सदस्यमा गठबन्धनका तर्फबाट स्वतन्त्रका हरना सार्की विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीलाई आज जिल्ला न्यायधीश तिलकबहादुर कार्कीले प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउँने छन् । दश स्थानीय तह रहेको जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र गठबन्धनसँग १२ मतभार थियो भने एमालेसँग आठ मतभार थियो । 



मङ्गलबार २४, जेठ २०७९ ०१:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.