विद्युत प्राधिकरण सुदूरपश्‍चिमले नौ वटा कम्पनीसँग ठेक्का रद्द गर्ने

युग संवाददाता     284 पटक पढिएको    

विद्युत प्राधिकरण सुदूरपश्‍चिमले नौ वटा कम्पनीसँग ठेक्का रद्द गर्ने

धनगढी / नेपाल विद्युत प्राधिकरण सुदूरपश्‍चिम प्रादेशिक कार्यालयले नौ वटा कम्पनीसँग ठेक्का रद्द गर्ने भएको  छ । ठेक्का सम्झौता गरेका निर्माणकर्ताले पटक-पटक लिखित तथा मौखिक जानकारी गराउँदा निर्माण कार्य नगरेको र सन्तोषजनक कार्य नभएको अत्तरियास्थित प्रादेशिक कार्यालयले जनाएको छ ।

कार्यालयले सम्झौता रद्द गर्न नपर्न कुनै मनासिव कारण भएमा सात दिनभित्र निर्माण व्यवसायी तथा आपूर्तिकर्ता स्वयम् उपस्थित भइ स्पष्टीकरण दिन आग्रह गरेको छ ।

रेनु निर्माण सेवा एण्ड रोयल कन्स्ट्रक्सन प्रा. लि, जे.भी, बाजुरा तथा बझाङ जिल्लामा ११/०.४-०.२३ केभी लाइन निर्माण तथा ट्रान्सफर्मर जडान कार्य, राजेन्द्ररउदयदेव,लक्ष्मीदुर्गा जेभी डडेल्धुरा तथ कैलाली जिल्लामा बैजनाथ, सिद्धनाथ तथा ओम विरभद्र ग्राविसको लाइन वितरण निर्माण कार्यको जिम्मा पाएका थिए ।

आरके इन्टरनेशनल काठमाडौँ, कञ्चनपुरको पुनर्वास र बैतडीको पाटन मेलौलीमा ३३/११ केभी ६/८ एमभीए सबस्टेशन निर्माण कार्य । दावारमैनावती जेभी बानेश्वर डोटीको तिख्‍वात्तरमा ३३ केभी लाइन निर्माण कार्य । विभान्सुर ईन्द्रधनु जेभी बानेश्वर कैलालीको सुखरखालमा ३३/११ केभी ३ एमभीए सबस्टेशन निर्माण कार्यको जिम्मा पाएका थिए ।

भाग्यलक्ष्मी कन्ट्रक्सन धनगढी ३ कैलाली, सताकृ खिम्ती कन्ट्रक्सन रामेछाप, सुनिता एण्ड कविता एएस जेभी भक्तपुर र उप्रती पोल एण्ड पायप इन्ड्रस्ट्रिज प्रालि बाँकेले निर्माण कार्यको जिम्मा पाएका थिए ।



मङ्गलबार २४, जेठ २०७९ ०९:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal