कैलाली उद्योग वाणिज्य सङ्घको नेतृत्वको लागि कुँवर र राठीद्धारा टिम घोषणा

युग संवाददाता     334 पटक पढिएको    

कैलाली उद्योग वाणिज्य सङ्घको नेतृत्वको लागि कुँवर र राठीद्धारा टिम घोषणा

धनगढी / कैलाली उद्योग वाणिज्य सङ्घको नेतृत्वका लागि पुष्पराज कुँवर र सुरेन्द्र राठीले  टिम घोषणा गरेका छन्। वर्तमान अध्यक्ष समेत रहेका कुँवर प्यानलसहित उद्योग वाणिज्य सङ्घको नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका हुन्।

जेठ २८ गते हुने उद्योग वाणिज्य सङ्घको चुनाव हुदैछ। उक्त चुनावमा दुई समूहले छुट्टाछुट्टै प्यानलसहित टिम घोषणा गरेका हुन्। 

कुँवरको टिमबाट वरिष्ठ उपाध्यक्षमा पुष्कर राज ओझा, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, उद्योग उपाध्यक्षमा दिनेश राज लम्साल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा, लक्ष्मण राज पन्त, महासचिवमा ओम बहादुर बिस्ट,कोषाध्यक्षमा भिमराज ओझा (अब्बु), सचिवमा सुरेश पाण्डे रहेका छन्।

यस्तै सदस्यमा कवीन्द्र पन्त, कोपिला कुँवर, कृष्णा कुमारी विष्ट, तिलक बहादुर बोहरा, प्रकाश कुमार चन्द, मिलन कुँवर, रबी कुँवर, राधिका चौधरी, रूपेश खड्का, लोकराज भट्ट, विवेक शर्मा, शम्भु लामिछाने, श्यामराज जोशी, सन्तोष लामिछाने, सुरेन्द्र कुमार बोहरा, सुरेन्द्र बहादुर कड़ायत वासुदेव भट्ट रहेका छन् । 

राठीको प्यानलबाट उपाध्यक्षमा हरिशंकर ठाकुर, एसोसिएट उपाध्यक्षमा प्रकाशचन्द्र भट्ट, उद्योग उपाध्यक्षमा घनश्याम चौधरी, वाणिज्य उपाध्यक्षमा केशवराज जोशी, वस्तुगत उपाध्यक्षमा केशवदत्त पाण्डेय,महासचिवमा शिद्धराज पनेरु,कोषाध्यक्षमा रजन कुमार शर्मा, सचिवमा महेन्द्र कुमार सिंह रहेका छन् । यस्तै सदस्यमा श्रीमान् गौतम, हेमराज भट्ट, अमर चोखाल, रिता जोशी अवस्थी, कमला ज्ञवाली, अम्बिका भण्डारी केसी, शैलेन्द्र कुमार श्रेष्ठ, कृष्णराज पाण्डेय, लोकेश भट्ट, जी एम इस्लाम, प्रदीप बैद्ध र सुरेश सापकोटा रहेका छन् ।

यस्तो छ कुँवर टिमको प्रतिवद्धता

१. व्यवसायमा देखिएको अश्वस्थ प्रतिस्पर्धा अन्त्यका लागि पहल गर्ने ।

२. चर्को घर भाडाका सम्बन्धमा स्थानीय सरकार संग समन्वय गरी त्रि-पक्षिय सम्झौताको खाका तयार गर्न पहल तथा पैरवी गर्ने ।

३. राज्यका सरोकार वाला निकाय (कर, भन्सार, पुलिस प्रशासन र वित्तिय संस्था संग मैत्रीपूर्ण वातावरणका लागि कैलाली उद्योग वाणिज्य संघमा अनलाईन हेल्प डेस्कको स्थापना गर्ने ।

४. साना व्यवसायको (ठेला र फुटपात) सुरक्षा तथा प्रवर्धनका लागि स्थानीय सरकार र वित्तिय संस्था संग समन्वय र सहकार्य गर्ने ।

५. व्यवसाय र व्यवसायी लाई डिजिटल माध्यम बाट जोड़ी परामर्स दिन डिजिटल मञ्चको स्थापना गर्ने ।

६. मास व्यवसायीक विमाका लागि पहल तथा पैरवी गर्ने ।

७. दक्षजनशक्तिका लागि जनशक्तिको बैंक को स्थापना गर्ने ।

८. अनुसन्धान सहित व्यवसाय सञ्चालन गर्न निःशुल्क वा सशुल्क तालिमको सञ्चालन गर्ने ।

९. नवसञ्चालित व्यवसायका लागि रणनैतिक, समस्या समाधान, बजार व्यवस्थापन र प्रचार प्रसार गर्न हेल्प डेस्कको स्थापना गर्ने ।

१०. सुचनाको अभावका कारण परेको व्यवसायीक दुविधा समाधान गर्न अभिमुखीकरण तालिमको व्यवस्था गर्ने ।

११. ग्राहक सम्बन्ध व्यवस्थापन, उद्यम संसाधन योजना र व्यवस्थापन का लागि दक्ष तालिम कर्ताबाट स-शुल्क तालिमको व्यवस्थापन गर्ने ।

यस्तो छ राठी टिमको प्रतिवद्धता

१ कृषि, पर्यटन र उद्योग लगायतका व्यवसायको प्रर्वद्धनको कार्य गर्ने ।
२ व्यवसायीका समस्या समाधानको पहल गर्ने ।
३ कर सम्बन्धी समस्या समाधान गर्ने ।
४ साना तथा मझौला व्यवसायीले झेलिरहेका समस्या समाधान गर्ने।
५ बैंकिङ र बीमालाई सरलीकरण गर्ने।
६ सुन्दर सुदूरपश्चिम महोत्सवलाई व्यवसायमूखी बनाइने ।
८ निर्यात बढाउन प्रयास गर्ने ।

 



मङ्गलबार २४, जेठ २०७९ ०७:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.