बुढीगंगा नगरपालिकाको निर्वाचन सम्पन्न गर्ने गरी बाजुरामा सीडीओसहित सुरक्षाकर्मीको नेतृत्व फेरियो

युग संवाददाता     285 पटक पढिएको    

बुढीगंगा नगरपालिकाको निर्वाचन सम्पन्न गर्ने गरी बाजुरामा सीडीओसहित सुरक्षाकर्मीको नेतृत्व फेरियो

बाजुरा / बाजुराको बुढीगंगा नगरपालिकामा यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने गरी तयारी थालेको निर्वाचन आयोगले जनाएको छ । पुनः निर्वाचन गर्नका लागि नयाँ निर्वाचन अधिकृत तोकिएको छ भने प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि नयाँ पठाइएको छ ।

पहिलेका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको सट्टा प्रकाशचन्द्र अधिकारीलाई बाजुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । यसैगरी नेपाल प्रहरीको डिएसपी सूर्यबहादुर थापा र सशस्त्र प्रहरीको डीएसपी गंगादत्त पन्तलाई बाजुरा पठाइएको छ । निर्वाचन अधिकृतको रुपमा लक्ष्मण बहादुर कडायतलाई पठाइएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने तयारी अनुसार नयाँ सुरक्षा टोली, नयाँ निर्वाचन अधिकृत लगायत निश्चित भइसकेको जानकारी दिए । यसैगरी निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका लगायतका सामग्रीसमेत बाजुरा पठाइसकिएको उनले बताए ।

बूढीगंगामा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन विवादित भएपछि पुनः निर्वाचन गर्न लागिएको हो । बूढीगंगाका केही वडाहरुमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन । स्थिति असहज भएपछि त्यहाँका निर्वाचन अधिकृत नै फिर्ता भएका थिए ।



सोमबार २३, जेठ २०७९ ०९:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal