कैलालीमा पानीमा डुबेर दुई जनाको मृत्यु

युग संवाददाता     222 पटक पढिएको    

कैलालीमा पानीमा डुबेर दुई जनाको मृत्यु

धनगढी / कैलालीमा छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर सोमबार दुई जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१७ दीपनगरस्थित शिवगङ्गा नदीमा डुबेर सोमबार एक व्यक्तिको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चुरे गाउँपालिका–१ का अन्दाजी ३६ वर्षीय विष्णुबहादुर पुन मगरको नदीमा डुबेर ज्यान गएको हो ।

मृतकको मानसिक अवस्था ठीक नरहेको बुझिन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । नदीमा डुबेर मान्छेको ज्यान गएको भनेर स्थानीय वडा अध्यक्षले खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । 

यसैगरी, टीकापुर–८ स्थित भौना तालमा डुबेर सोही ठाउँका ६५ वर्षीय वृद्ध गोपाल साउँदको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भैसी चराउन गएका बेला साउँद तालमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो । मृतकको शव निकालेर पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।



सोमबार २३, जेठ २०७९ ०९:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.