किशोरीको दशगजा क्षेत्रबाट उद्धार

युग संवाददाता     346 पटक पढिएको    

किशोरीको दशगजा क्षेत्रबाट उद्धार

कञ्चनपुर / शुक्लाफाँटा नगरपालिका की अन्दाजी १९ वर्षीया किशोरीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ ।

दोधरा चाँदनी नगरपालिका कञ्जभोज नजिक दशगजा क्षेत्रबाट प्रहरी चौकी बाबाथानका इन्चार्ज कृष्णदत्त भट्ट र माइती नेपालको संयुक्त टोलीले किशोरीको शनिबार साँझ उद्धार गरेको हो । किशोरीलाई भारततर्फ लग्ने कार्यमा संलग्न भारत उत्तर प्रदेश बलरामपुर पोष्ट जितौरीया पुरनपुर पिलिभितका वर्ष २९ का पवन यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले विशेष सूचनाका आधारमा बाबाथान प्रहरी चौकीका इन्चार्ज भट्टसँग समन्वय गरी दशगजा क्षेत्रबाट झुक्याएर भारत लान लागेको अवस्थामा किशोरीलाई उद्धार गरिएको बताए ।



आइतबार २२, जेठ २०७९ ०७:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal