बर्खा नलाग्दै साँफे–मार्तडी लोकमार्ग हिलाम्मे

युग संवाददाता     200 पटक पढिएको    

बर्खा नलाग्दै साँफे–मार्तडी लोकमार्ग हिलाम्मे

बाजुरा / बर्खा नलाग्दै बाजुराको साँफे–मार्तडी लोकमार्ग हिलाम्मे बनेको छ । वर्षा भएपछि पहिरो खसेर सडक लोकमार्ग हिलाम्मे भएको हो । साँफेमार्तडी लोकमार्ग अन्तर्गत पर्ने बार्जुगाड, मौरे, तिपाडा, पानीनाउँला बाउली, लगायतका सडकको अवस्था दयनीय रहेको छ । 
काम चलाउ सडकका कारण थोरै वर्षमा पानी हिलाम्मे बन्ने गरेका छ । सडक  कार्यालय अछामले सो सडक मर्मत गर्दै आएकोपनि कालोपत्रे हुन नसक्दा वर्खाको समय त के ? हिउँदमा पनि थोरै पानी पर्ने हिलाम्मे भएर सडक अवरुद्ध हुने गर्दछ । गत वर्ष साउनमा आएको ठूलो झरीका कारण लोकमार्ग सहित बाजुराका दर्जनौ सकड अस्तव्यवस्त बनेको थियो । 
पहिरोका कारण सडक अवरुद्ध हुँदा बाजुराका स्थानीयले सँधै सास्ती खेप्दै आएका छन् । हिउँदमा नै सडकको अवस्था निकै कमजोर भएकोले त्यसलाई राम्रोसँग मर्मत गर्नका लागि सडक डिभिजन कार्यालय अछामलाई जानकारी गराएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी प्रशास चन्द्र अधिकारीले बताए । 



शुक्रबार २०, जेठ २०७९ ०८:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.