कैलाली जिसस संयोजकका लागि तीन जनाको नाम

युग संवाददाता     246 पटक पढिएको    

कैलाली जिसस संयोजकका लागि तीन जनाको नाम

धनगढी / नागरिक उन्मुक्ति पार्टीले जिल्ला समन्वय समिति कैलालीको संयोजकका लागि तीन वडा अध्यक्षमध्येबाट एक जनालाई अगाडि बढाउने मनसाय बनाएको छ । 
टीकापुर नगरपालिका–४ का वडा अध्यक्ष लालवीर चौधरी, भजनी नगरपालिका–३ का वडा अध्यक्ष विक्रम चौधरी र जानकी गाउँपालिका–६ का वडा अध्यक्ष इन्द्र चौधरीमध्ये एक जनालाई अगाडि बढाउने सम्भावना छ । यद्यपि, कसलाई अगाडि बढाउने भनेर भोलिमात्रै टुङ्गो लगाउने सो पार्टीका प्रवक्ता दामोदर पण्डितले पश्चिम टुडेलाई बताए । ‘हाम्रो पार्टी नयाँ र सदस्यहरु पनि नयाँ भएकाले हामीले अनुभव हासिल गरेका वडा अध्यक्षमध्येबाट संयोजकका लागि अगाडि बढाउने मनसाय बनाएका छौं’, उनले भने । ‘तर, टुङ्गो लगाइएको छैन । भोलि पार्टीको बैठकबाट निर्णय गरेर एक जनालाई अगाडि बढाउँछौं ।’ 
नागरिक उन्मुक्ति पार्टी, नेकपा एमाले र माओवादी केन्द्र मिलेर कैलालीमा जिल्ला समन्वय समिति बनाउने सहमति गरेका छन् । तीन दलबीचको सहमति अनुसार जिसस संयोजक नागरिक उन्मुक्ति पार्टीलाई दिइएको छ । 



शुक्रबार २०, जेठ २०७९ ०८:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.