स्थानीय सरकारलाई संघबाट कति बजेट ?

युग संवाददाता     317 पटक पढिएको    

स्थानीय सरकारलाई संघबाट कति बजेट ?

धनगढी / पैयाँ बजेट पठाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण, समानीकरण अनुदान, समपूरक र विशेष अनुदान शीर्षकमा सङ्घीय सरकारले स्थानीय तहहरुलाई बजेट पठाएको हो । कैलालीमा सबैभन्दा बढी बजेट धनगढी उपमहानगरपालिकालाई आएको छ । धनगढीले ९६ करोड ४८ लाख रुपैयाँ बजेट पाएको छ ।

यसैगरी, सरकारले कैलालीका नगरपालिकाहरुलाई तीन अर्ब ४३ करोड छ लाख रुपैयाँ पठाएको छ । जसमध्ये सबैभन्दा बढी लम्कीचुहा नगरपालिकाले ७३ करोड ५५ लाख रुपैयाँ बजेट पाएको छ । गोदावरी नगरपालिकाले ६१ करोड ८९ लाख, गौरीगङ्गा नगरपालिकाले ४२ करोड ६६ लाख, घोडाघोडी नगरपालिकाले ६६ करोड २१ लाख रुपैयाँ बजेट पाएका छन् ।

यस्तै, टीकापुर नगरपालिकाले ५४ करोड ९९ लाख, भजनी नगरपालिकाले ४३ करोड ७६ लाख रुपैयाँ बजेट पाएका छन् । संघीय सरकारले कैलालीका गाउँपालिकाका लागि जम्मा दुई अर्ब १६ करोड २९ लाख रुपैयाँ बजेट पठाएको छ । जसमध्ये कैलारी गाउँपालिकाले ४१ करोड ७८ लाख, चुरे गाउँपालिकाले २१ करोड २७ लाख, जानकी गाउँपालिकाले ४३ करोड १६ लाख रुपैयाँ बजेट पाएका छन् । यस्तै जोशीपुर गाउँपालिकाले ३३ करोड ५३ लाख, बर्दगोरिया गाउँपालिकाले ३५ करोड १७ लाख र मोहन्याल गाउँपालिकाले ३१ करोड २८ लाख रुपैयाँ बजेट प्राप्त गरेका छन् । 
कञ्चनपुरलाई करिब चार अर्ब
यसैबीच, कञ्चनपुरका स्थानीय तहका लागि संघीय सरकारले तीन अर्ब ९८ करोड ९३ लाख रुपैयाँ बजेट पठाएको छ । जसमध्ये नगरपालिकालाईमात्रै तीन अर्ब ४० करोड ४५ लाख रुपैयाँ रहेको छ । कृष्णपुर नगरपालिकाले ४४ करोड ६१ लाख, पुनर्वास नगरपालिकाले ४८ करोड १८ लाख, वेदकोट नगरपालिकाले ४७ करोड ९० लाख रुपैयाँ बजेट पाएका छन् । यस्तै, बेलौरी नगरपालिकालाई ४८ करोड ६२ लाख, भीमदत्त नगरपालिकालाई ७७ करोड ९८ लाख, चाँदनी दोधारा नगरपालिकालाई ३४ करोड ८४ लाख र शुक्लाफाँटा नगरपालिकालाई ४० करोड ३२ लाख रुपैयाँ बजेट आएको छ ।

सरकारले कञ्चनपुरमा गाउँपालिकातर्फ ५८ करोड ४८ लाख रुपैयाँ बजेट पठाएको छ । जसमध्ये, बेल्डाँडी गाउँपालिकाको भागमा २८ करोड एक लाख र लालझाँडी गाउँपालिकाले ३० करोड ४७ लाख रुपैयाँ बजेट पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा दुई अर्ब ५९ करोड ७२ लाख रुपैयाँ बजेट आएको छ । उक्त जिल्लाको नगरपालिकालाई ९८ करोड ५० लाख रुपैयाँ संघ सरकारले पठाएको छ । जसमध्ये अमरगढी नगरपालिकाले ५० करोड ४४ लाख, परशुराम नगरपालिकाले ४८ करोड छ लाख रुपैयाँ बजेट पाएका छन् ।

यस्तै, सो जिल्लाको गाउँपालिका लागि सरकारले एक अर्ब ६१ करोड २२ लाख रुपैयाँ बजेट पठाएको छ । अजयमेरु गाउँपालिकालाई ३६ करोड ९२ लाख, आलिताललाई ३२ करोड ७८ लाख , गन्यापधुरालाई २८ करोड ९४ लाख र नवदुर्गालाई ३१ करोड ४३ लाख रुपैयाँ बजेट आएको छ । यसैगरी, डोटीका लागि संघीय सरकारले तीन अर्ब ३० करोड २४ लाख रुपैयाँ बजेट पठाएको छ । नगरपालिकाका लागि ९७ करोड ५२ लाख रुपैयाँ बजेट पठाइएको छ । दिपायल सिलगढी नगरपालिकाले ४४ करोड ६४ लाख, शिखर नगरपालिकाले ५२ करोड ८८ लाख रुपैयाँ बजेट पाएका छन् ।

यसैगरी, डोटीको गाउँपालिकाका लागि सरकारले दुई अर्ब ३२ करोड ७२ लाख रुपैयाँ बजेट पठाएको छ । डोटीको आदर्श गाउँपालिकाले ३२ करोड ४२ लाख, केआई सिंहले २९ करोड ४८ लाख, जोरायलले ४५ करोड ९६ लाख, पूर्वी चौकीले ३४ करोड ८८ लाख, बडीकेदारले ३० करोड ९२ लाख, बोगटान फुडसिलले ३२ करोड ५४ लाख र सायल गाउँपालिकाले २६ करोड ५४ लाख रुपैयाँ बजेट प्राप्त गरेका छन् ।

यसैगरी, अछामका लागि संघीय सरकारले तीन अर्ब ५८ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो जिल्लामा नगरपालिकाका लागि एक अर्ब ६८ करोड आठ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । कमलबजार नगरपालिकालाई ३४ करोड ९० लाख रुपैयाँ, पञ्चदेवल विनायकलाई ३७ करोड छ लाख, मंगलसेनलाई ४२ करोड ५८ लाख, साफेबगर नगरपालिकालाई ५३ करोड ५४ लाख रुपैयाँ बजेट आएको छ ।

अछामका गाउँपालिकाका लागि सरकारले एक अर्ब ९० करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चौरपाटी गाउँपालिकाले ३२ करोड १८ लाख, ढकारीले २७ करोड ६६ लाख, तुर्माखाँदले ३५ करोड २३ लाख, बान्निगढी जयगढले २५ करोड १८ लाख, मेल्लेखले ३२ करोड ६० लाख र रामारोशन गाउँपालिकाले ३७ करोड ३१ लाख रुपैयाँ बजेट प्राप्त गरेका छन् । 



शुक्रबार २०, जेठ २०७९ ०७:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.