त्रिविमा लगाएको ताला नेकपा क्रान्तिकारीले तोड्यो

युग संवाददाता     378 पटक पढिएको    

त्रिविमा लगाएको ताला नेकपा क्रान्तिकारीले तोड्यो

काठमाडौँ / सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको एउटा समूहले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा माघ ७ गते र आंशिक प्राध्यापक संघर्ष समितिले माघ २२ लगाएको ताला बुधबार नेपाल कम्प्युनिस्ट पार्टी (क्रान्तिकारी) का कार्यकर्ताले तोडेका छन् ।

बुधबार ताला तोडेर ‘मध्य केन्द्रीय कमाण्ड’ का इन्चार्ज सफलको नाममा जारी गरिएको विज्ञप्ति टाँसिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउन ताला लगाउने कार्य कोही कसैले गरेमा कडा रुपमा जुनसुकै परिस्थितिको सामना गर्न पनि पार्टी तयार रहेको कुरा जानकारी गराउँछौं ।’

नेविसंघका कार्यकर्ताले केही गलत स्वार्थ र मनासय राखेर तालाबन्दी गरेको नेकपा क्रान्तिकारीको आरोप छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री स्वयं विश्वविद्यालयको कुलपति हुँदा महिनौदेखि ताला लगाउनु, उपकुलपतिबाट समस्या समाधान गर्न कुनै चासो नदिएकोमा क्रान्तिकारीले आपत्ति जनाएको छ । विश्वविद्यालयमा तालाबन्दी हुन नदिने वातारण मिलाउन माग गर्दै बन्द, हड्ताल भन्दा पनि वार्ता सम्वादको माध्यमबाट समस्याको समाधान खोजिनुपर्नेमा नेकपा क्रान्तिकारीले जोड दिएको छ ।



बुधबार १८, जेठ २०७९ ०६:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal