गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन सांसद भट्टको माग

युग संवाददाता     262 पटक पढिएको    

गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन सांसद भट्टको माग

काठमाडौँ /  प्रतिनिधिसभा सदस्य डा. दिपकप्रकाश भट्टले कैलालीको गेटामा निर्माणधीन मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गरेका छन्। 

आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले सुदूरपश्चिमको स्वास्थ्य अवस्थालाई सुधार गर्नका लागि चिकित्सा विश्वविद्यालय बनाउन माग गरेका हुन्। 

‘बजेटमा केही कुरा ढाकछोप र झुटो बोल्ने काम भएको छ। देउवा जी पाँचौपटक वा अन्तिम पटक प्रधानमन्त्री हुनुभएको छ,’ उनले भने, ‘गेटा मेडिकल कलेजलाई जहिले पनि आकर्षणको केन्द्र बनाउने गरिएको छ। अहिले आएर डडेल्धुरामा बनाइने पनि भनिएको छ। यो भन्दा राम्रो विकल्प हामीले दिएका थियौं। गेटालाई अब मेडिकल कलेज होइन, प्रतिष्ठान पनि होइन। राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुस् भनेका थियौं। तर, अर्थमन्त्री ज्यूले त्यो सुन्नु भएन्।’

देशमा चारदर्जन बढी मेडिकल कलेज र ७ वटा प्रतिष्ठान रहे पनि सुदूरपश्चिममा अहिलेसम्म कुनै पूर्वाधार नबनेको भन्दै त्यसतर्फ बजेटले ध्यान नदिएको उनको गुनासो छ। 



बुधबार १८, जेठ २०७९ ०६:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.