भिजिट भिसामा युएई पुर्‍याएर अलपत्र पार्ने मुख्य अभियुक्तहरू पक्राउ

युग संवाददाता     798 पटक पढिएको    

भिजिट भिसामा युएई पुर्‍याएर अलपत्र पार्ने मुख्य अभियुक्तहरू पक्राउ

काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपालीलाई युएई र्पुयाएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरू पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी कुवेर कडायतले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँगको भेटमा भिजिट भिसामा युएई र्पुयाएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरू पक्राउ गरिएको जानकारी दिएका हुन् ।
कडायतका अनुसार मुख्य अभियुक्त त्रिनेत्र म्यानेजमेन्ट कन्ल्टेन्सीका सञ्चालक कोमलराज उपाध्यायलाई युएई प्रहरीले दुबईमा पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो । उपाध्यायकी श्रीमती रञ्जना ढकाललाई पनि आइतबार सर्लाहीबाट पक्राउ गरिएको छ । ताल्चा लगाएको घरभित्र लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको कडायतले बताए । साथै रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई भिजिट भिसामा युएई र्पुयाउने कार्यमा संलग्न मधुविलास सापकोटा, खुमबहादुर खड्का र सन्तोष प्याकुरेल पनि पक्राउ परेका छन् ।

उनीहरूले भिजिट भिसाको नाममा करिब दुई करोड ५० लाख ठगी गरेको भन्दै ७६ जना पीडितले उजुरी दिएका थिए । बम एसएसपी कडायतले ठगीमा संलग्न कम्पनी वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन उनीहरूबारे जानकारी गराई सहयोग गर्न केन्द्रीय अनुसन्धान ब्युरोले अपिल गरेको बताए । आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिसा’मा युएईसहित विभिन्न मुलुक र्पुयाएर अलपत्र पार्ने काममा संलग्न म्यानपावर कम्पनी, कन्सल्ट्यान्सीहरू, ट्राभल्स सञ्चालकहरू, दलाल तथा बिचौलियालाई कारबाहीको दायरामा ल्याउनुपर्ने मन्त्री श्रेष्ठले बताए ।



मङ्गलबार १७, जेठ २०७९ ०७:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.