दम्पतीसहित ७ आफन्त अस्ताए विमान दुर्घटनामा

युग संवाददाता     593 पटक पढिएको    

 
धनगढी जेठ १६ तारा एयरको विमान दुर्घटनामा कैलालीको धनगढीका एक दम्पतीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१४ एच गाउँका ७९ वर्षीय पुरुषोत्तम गोले र उनकी पत्नी ईन्द्रदेवी तामाङको मृत्यु भएको हो।

मुक्तिनाथ दर्शनका लागि उडेका दम्पतीसहित एकै परिवारका ७ जनाले दुर्घटनामा ज्यान गुमाएका छन्। गलैंचा उद्योग सञ्चालन गरी काठमाडौंमा बस्दै आएका पुरुषोत्तम गोलेले धनगढी उपमहानगरपालिका–१४ एच गाउँ फूलबारीमा सिद्धार्थ आधारभूत विद्यालय स्थापना गरेका थिए।


सामाजिक अगुवाका रूपमा पहिचान बनाएका उनी विद्यालय स्थापनापछि विना पारिश्रमिक शिक्षक भएर सेवामा समर्पित थिए। मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भन्ने भिरमा जहाज दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो।



सोमबार १६, जेठ २०७९ ०६:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal